Information

मिर्गौलामा पत्थरी हुने

मुख्य कारणहरु र समाधानका उपायहरु

 
पानीको मात्रा कम पिउनाले मिर्गौलाले धेरै कम पिसाब बनाउने गर्दछ । यसरी पिसावमा पानीको मात्रा कम भएको हुँदा त्यस पिसावमा पत्थर बनाउने कणहरु प्रशस्त जमेर बस्छन् । यी साना कणहरु एक–आपसमा जोडिएर पछि ठूलो कण अनि पत्थर नै बन्दछ । तसर्थ २४ घण्टामा कमसेकम ६ ग्लास पानी पिउनु आवश्यक छ । दिनमा एउटा कागतीको रस वा Uriliser नामक झोल दवाई सेवन गर्नाले ती पत्थरका कणहरु एक आपसमा जोडिन पाउँदैनन् र पछि ठूलो पत्थर बन्न सक्दैनन् । चम्सुर, पालुङ्गो, स्ट्रबेरी नामक फलफुल, मकै भटमान, सातु इत्यादिको मात्रा कम खानु पर्छ, यिनीहरुमा अक्जालेट भन्ने कणहरु प्रशस्त पाइन्छन् जसले मृगौलामा पत्थर बनाइदिन्छन् । दिनमा आधा ग्लास दुध पिउनु उपयुक्त पनि हुन्छ, किनभने सेवन पछि हाम्रो पेटमा परेको दुधमा रहेको क्याल्सीयमले त्यस्ता नराम्रो अक्जालेटलाई आन्ध्रा मै समाएर दिशाबाट बाहिर फ्याँकिदिन्छ तसर्थ क्याल्सीयम र अक्जालेट हाम्रो आन्ध्राबाट मिर्गौलामा पुग्न पाउँदैनन् र मिर्गौलामा पत्थर बनाउन पाउँदैनन् । एकै साइडमा कोल्टो फर्केर सुत्नाले त्यही साइडमा पत्थर जम्ने गर्दछ, तसर्थ पालैपालो दुबै साइडमा कोल्टो फेर्ने वा घोप्टो परेर सुत्नु जरुरी हुन्छ । माछा, मासु, गेडागुडी र नून कम खानु पर्छ । आफ्नो मोटोपना र वजन कम गर्नाले पनि फेरी पत्थर बन्ने डर कम हुनेछ ।
 
एकपटक मिर्गौला वा नलीमा पत्थर भएको छ भनेर शंका लाग्ने वित्तिकै युरोलोजिष्टसंग परामर्श लिनु पर्दछ । रगतमा सिरम क्रियटिनिन् भन्ने जाँच गराएपछि मिर्गौला बिग्रेको छ वा छैन भनेर थाहा हुन्छ, अनि आइ.भि.यू. भन्ने X-Ray बाट मिर्गौलामा पत्थर छ वा छैन भनेर एकिन गरिन्छ । यस X-Ray गरेर मिर्गौलाले काम गरेको छ वा छैन भनेर समेत सहजै देख्न सकिने भएकोले यसबाट आधुनिक उपचारको छनौट गर्न पनि सकिन्छ । आधुनिक प्रविधिबाट मिर्गौलाका पत्थर निकाल्दा PCNL वा URS नै गरिन्छ । यो PCNL र URS  नामक पद्धति नेपालमा डा. अशोक राणाले नै सर्वप्रथम शुरुवात गरेको हो । पत्थर फुटाएर धुलो पार्ने हो भने बाहिरैबाट लिथोट्रिप्सी (ESWL) पनि गरिन्छ । काटेर वा पेट चिरेर निकाल्दा ठूलो घाउ र दाग हुन्छ । थप जानकारीको लागि google.com हेर्नु होस् ।